फाइल तस्बिर
काठमाडौं । साउदी अरबको शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान भएको घटनामा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको हो। मृतक नेपालीको परिचय खुलाइएको छैन।
तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो। त्यसक्रममा ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी भएको थियो। घटनाले तेल क्षेत्रको सञ्चालनमा भने असर नपारेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।