• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पाठक घुस प्रकरण : के राजीनामा दिँदैमा भ्रष्टाचारबाट उन्मुक्ति पाइन्छ?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ३, २०७५  १७:०३
1140x725

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको 'चलखेल' सञ्चारमाध्यममा छाउन थाले पनि तत्कालीन राजनीतिक नेतृत्व 'एक्सन' लिन तयार देखिएन। पछि उनै कार्कीले पत्रकार सम्मेलन नै गरेर माओवादी शिविरका लडाकुहरुको अनियमितता र नेकपाका नेताहरुलाई अकुत सम्पत्ति मुद्दामा छानबिन गर्न पत्र लेख्न थाले। यसपछि भने उनीमाथि चासो बढ्यो र राजनीतिक तहमा समयमै तह लगाउनुपर्ने दबाब सिर्जना भयो। 

काठमाडौं विश्वविद्यालयको परीक्षा र किष्ट मेडिकल कलेजको सिट निर्धारणमा कार्कीले हस्तक्षेप गरेपछि त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले महाभियोग लगाउने माग गर्दा मौन रहेका दलहरु आफूमाथि छानबिन हुन थालेपछि भने रातारात लोकमानविरुद्ध संगठित हुन थाले। मन्त्रिपरिषदको निर्णयबाट शिविरमा वितरण भएको रकममा समेत हात हाल्न सक्ने चेतावनीपछि तत्कालीन माओवादी केन्द्र र एमाले उनीविरुद्ध महाभियोग लगाउनुपर्ने निष्कर्षमा पुगे। 

कार्कीविरुद्ध २०७३ कात्तिक ३ गते संसदमा महाभियोग दर्ता भयो। सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। 

तर, महाभियोग पारित गराउनभन्दा 'चेक एन्ड ब्यालेन्स' गर्दै कार्कीसँग बार्गेनिङ गर्ने चाल देखियो। संसदमा दर्ता भएको महाभियोग प्रस्तावमा ४४ दिनसम्म कुनै छलफल नै भएन। 

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गर्ने र भ्रष्टाचारीको मुखसमेत नहेर्ने भनी सार्वजनिक भाषण गर्दै आएको प्रसंगसँग पाठक प्रकरण हेर्दा ३ सय ६० डिग्री घुमेको देखियो।

९ कात्तिकबाट मात्र यसमा छलफल सुरु भयो। त्यसलगत्तै दसैं, तिहार, छठ र कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि १५ दिन संसद स्थगित भयो। संसदमा महाभियोग अल्झिइरहेकै समयमा सर्वोच्च अदालतले कार्कीलाई अख्तियार प्रमुख हुन आवश्यक उच्च नैतिक चरित्र र २० वर्षे सेवा अवधि नपुग्ने भन्दै अयोग्य ठहर गर्यो। कार्की अख्तियार प्रमुख भएको ४४ महिनापछि सो पदका लागि अयोग्य भएको फैसला आयो। 

सर्वोच्चको फैसलापछि नेताहरुले 'झमेला'बाट मुक्ति पाए। कार्की आयोग्य भएर पदबाट बाहिरिएपछि उनीमाथिको महाभियोग सम्बन्धी प्रस्ताव संसदमा अघि बढ्यो। उनी पदबाट हटिसकेकाले महाभियोग प्रस्ताव पारित गर्नु नपर्ने भन्दै संसदले प्रतिवेदन स्वीकार गर्यो। 

सर्वोच्चको फैसलाले अयोग्य भएका कार्की २०७३ माघमै विदेश पलायन भए। उनी पलायत भएसँगै उनले आर्जन गरेको अकुत सम्पत्तिको मुद्दा हरायो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसको ठिक दुई वर्षपछि भ्रष्टाचार नियन्त्रण गर्ने निकायको आयुक्त राजनारायण पाठक करिब ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा विवादित भए। सञ्चारमाध्यममा पाठकको घुस प्रकरण सार्वजनिक भएपछि उनीविरुद्ध सरकारले महाभियोगको तयारी पनि थाल्यो। तर, उक्त महाभियोग दर्ता हुनुअघि पाठकलाई राजीनामा दिन सत्तापक्षले नै सुझाव दियो। उनले शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष राजीनामा बुझाए। महाभियोगबाट जोगिए।

अब के हुन्छ?
आयुक्त पाठकले राष्ट्रपतिसमक्ष राजीनामा दिएको र त्यसलाई राष्ट्रपतिले स्वीकृत गरिसकेकी छन्। राजीनामा स्वीकृत भएपछि उनीविरुद्ध महाअभियोग लाग्ने कुनै गुञ्जायस छैन। 

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गर्ने र भ्रष्टाचारीको मुखसमेत नहेर्ने भनी सार्वजनिक भाषण गर्दै आएको प्रसंगसँग पाठक प्रकरण हेर्दा ३ सय ६० डिग्री घुमेको देखियो। करिब ४ महिनाअघि प्रधानमन्त्री कार्यालय पुगेको घुस लिएको भिडियो हेरेर मात्र बसेका अधिकारी र सरकारका मान्छेहरु सञ्चारमाध्यममा समाचार आएपछि राजीनामा दिन सुझाव दिनुले भ्रष्टाचार विरुद्धको प्रतिबद्धता र व्यवहार मिलेको देखिएन। 

किन ढिलाइ गरियो महाभियोग लगाउन
संवैधानिक निकायका पदाधिकारीमाथि कुनै नैतिक पतनको आचारण गरेको पाइएमा हटाउने एक मात्र विकल्प महाभियोग हो। तर त्यसको धेरै प्रयोग गर्न नहुने विश्वव्यापी मान्यता छ। नेपालमा त्यसको अभ्यास सही रुपमा भएको छैन।

सरकारले राजीनामा दिएका उनीमाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग निर्माण हुनुपर्दछ। अख्तियार जस्तो जनताको आस्थामा टिक्ने संवैधानिक निकायमा भएका व्यक्तिको बारेमा जनतालाई चित्तबुझ्दो जवाफ दिनैपर्छ।

पाठक प्रकरणमा पनि सरकारले समयमै सचेत भई कदम नचाल्दा यस्तै देखिएको छ। सञ्चारमाध्यमलाई सूचना प्राप्त हुदाँसम्म सरकारले चाल नपाउनु कि त सूचना संयन्त्रविहीन सरकार हुनुपर्दछ कि त कानमा तेल हालेर बसेको हुनुपर्छ। राज्यका लागि सूचना संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभाग हुनु र घुस दिने व्यक्तिले समेत सार्वजनिक रुपमा प्रधानमन्त्री कार्यालयमा करिब ४ महिनाअघि भिडियो उपलब्ध गराएको भनाइ राख्नुले सरकार अक्षम भएकै हो भन्ने नै पुष्टि हुन्छ। 

के यत्तिकै समाप्त होला घुसकाण्ड?  
पाठकको घुसकाण्डमा अब थप अनुसन्धान हुन्छ कि हुँदैन भन्ने कौतुहल र प्रश्न सर्वत्र उठेको छ। भ्रष्टाचार निवारण गर्ने जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  हो। उसलाई पूर्व पदाधिकारीमाथि अकुत सम्पत्ति र भ्रष्टाचारमा छानबिन गर्ने अधिकार छ। भ्रष्टाचार निवारण ऐन २०५९ ले पनि यस्तो घटनामा अनुसन्धान गर्ने अधिकार आयोगलाई दिएको  छ। तर अख्तियारले यसमा अनुसन्धान गर्छ कि गर्दैन भन्ने मुख्य प्रश्न देखिन्छ। 

अख्तियार स्रोतका अनुसार पाठकमाथि थप अनुसन्धान हुनु तत्कालीन परिस्थिति छैन। उनीमाथि कारबाही गर्ने मनसायका साथ सरकारले इसारा नदिएसम्म अख्तियारले यो प्रकरणमा थप हात नहाल्ने मनसाय बनाएको छ। 

अख्तियारले पाठकमाथि थप अनुसन्धान गर्छ कि गर्दैन भनी सोध्दा अख्तियारका प्रवक्ता रामेश्वर दंगालले यस विषयमा आफू बोल्न नमिल्ने प्रतिक्रिया दिए। उनको यो प्रतिक्रियाको अर्थ पाठकको राजीनामासँगै सेलायो। 

गलत नजिर कायम नहोस् 
पाठकमाथि अनुसन्धान नगर्नु भनेको भावी दिनका लागि गलत नजिर कायम राख्नु हो। यसअघि लोकमानसिंह कार्कीलाई अकुत सम्पत्तिमा छानबिन नगरी उन्मुक्ति दिँदा अहिले यो अवस्था आएको हो। अहिले पाठकको हकमा दिएको उन्मुक्तिले जनताको करबाट तलबभत्ता खाने र नैतिक जिम्मेवारी बोकेका संवैधानिक अंगका पदाधिकारीहरुले भ्रष्टाचार गर्ने अनि राजीनामा दिँदै आफूलाई चोखो बन्ने बाटो पाउनेछन्। सुशासन र दिगो विकासको नारा बोकेको सरकारले जनताको अपेक्षा र जनविश्वास कायम राख्न पाठकको हकमा निर्माण हुने नजिर नजरअन्दाज गर्न मिल्दैन। यसरी कारबाही गर्दा सरकारको गरिमा झन बढ्नेछ। जनताको करबाट तलबभत्ता खाने पदाधिकारीले गलत काम गरेमा राज्यले उन्मुक्ति दिँदैन भन्ने दिने समय यही हो। 

पूर्व पदाधिकारीमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले तत्काल जिम्मेवारी तोकी पाठकमाथि बयान लिनुपर्छ। घुस दिने व्यक्ति र नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन पदाधिकारीलाई पनि अख्तियारले अनुसन्धानको घेराभित्र ल्याउनुपर्छ।

के गर्ने सरकारले?
सरकारले राजीनामा दिएका उनीमाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग निर्माण हुनुपर्दछ। अख्तियार जस्तो जनताको आस्थामा टिक्ने संवैधानिक निकायमा भएका व्यक्तिको बारेमा जनतालाई चित्तबुझ्दो जवाफ दिनैपर्छ। सरकारले अख्तियारको साख जोगाउनकै लागि पनि पाठकमाथि विश्वसनीय छानबिन गरी कारबाही गर्नुपर्दछ। अख्तियारकै आयुक्त घुस उठाउँदै हिँड्ने कार्य गरेको कुरामा सरकारले गम्भीर हुनैपर्दछ। जबसम्म जनतालाई भ्रष्टाचार गर्ने व्यक्ति जुनसुकै ओहदा वा पहुँच भए पनि कारबाही हुन्छ भन्ने विश्वास दिलाउन सकिँदैन तबसम्म सरकारको प्रतिबद्धतामा विश्वास गर्ने आधार तयार हुँदैन। 

सार्वजनिक रुपमा घुस लिएको आरोप लागेर पद त्यागेमा व्यक्तिलाई न्यायको कठघरामा सरकारले नल्याएमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र मुख नहेर्न भाषण पत्याउनुपर्छ भन्ने केही हुँदैन। 

अख्तियारलाई छवि सुधार्ने मौका 
सय रुपैयाँ घुस लिएको अभियोगमा स्टिङ अपरेसन गर्दै विशेष अदालतमा मुद्दा चलाउनेसम्मको काम गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नै आयुक्तमाथि छानबिन गर्ने र खस्किएको आफ्नो छवि सुधार्ने मौका हुनेछ, पाठकमाथिको अनुसन्धान। 

लोकमान सिंह कार्कीले बिगारेको छवि सुधार गर्ने र भ्रष्टाचारमा अख्तियारले साना माछा मात्र समात्ने अनि ठूला माछा उम्काउने आरोप गलत सिद्ध गर्ने अवसर पनि पाठक प्रकरणमा अख्तियारले गर्ने अनुसन्धानले देखाउनेछ। अख्तियारले यो प्रकरणमा आँखा चिम्लेर बसेमा प्रमुख आयुक्तसहित अन्य आयुक्तको कार्यशैलीमाथि जनताले सधैं औला उठाइरहने ठाउँ हुनेछ। अख्तियारको जिम्मेवारीमै रहेको अवस्थमा कारबाही गर्ने कानुनी बाटो नपाएको हो भने अख्तियारले उनको राजीनामासँगै उक्त बाटो खुल्ला भएको छ। 

पूर्व पदाधिकारीमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले तत्काल जिम्मेवारी तोकी पाठकमाथि बयान लिनुपर्छ। घुस दिने व्यक्ति र नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन पदाधिकारीलाई पनि अख्तियारले अनुसन्धानको घेराभित्र ल्याउनुपर्छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  १७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्