इलाम- प्रतिनिधिसभाको २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र रहेको इलाममा आज शान्तिपूर्ण रुपमा मतदान भएको छ। मतदानको समय सकिउन्जेलसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
इलाममा प्रदेशसभा र प्रतिनिधिसभाका लागि २ लाख ४ हजार ४६ जना मतदाता छन्। क्षेत्र नम्बर १ मा १ लाख १ हजार ६१ र क्षेत्र २ मा १ लाख २ हजार ९ सय ८५ मतदाता छन्।
१ सय ४४ मतदानस्थल र २ सय ६६ मतदान केन्द्रमा आज निर्वाचन भएको हो।
निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने कन्यामस्थित कृष्णाश्रम उच्च मावि मतदान केन्द्रमा यस्तो देखियो-





तस्बिर : महेश आचार्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।