काठमाडौं- प्रदेश तथा प्रतिनिधिसभाका लागि ४५ जिल्लामा मतदान भइरहेको छ। अन्तिम तथा दोस्रो चरणको निर्वाचन भएकाले नेता कार्यकर्ता मात्र होइन आम मतदातामा पनि उत्साह छ।
निर्वाचनमा कतिपय चर्चित नेताहरुले आफैंलाई भोट हाल्न पाएनन्। मतदाता नामावली रहेको स्थानबाटै मताधिकार प्रयोग गर्नुपर्ने कानुनका कारण उनीहरुले आफैंलाई भोट हाल्न नपाएका हुन्।
राजनीतिक दलका प्रमुख र प्रभावशाली नेताहरुले कहाँबाट भोट हाले त? हेर्नुस् तस्बिर-

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा मतदान गर्दै। उनले असिग्राम माविबाट बिहान सवा १० बजे मतदान गरेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका छन्। बिहान ७ बजेर १३ मिनेटमा उनले मतदान गरे।

तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल।

पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवास नेम्बाङ मतदान गर्दै। उनले इलाम सदरमुकाम ७ स्थित बालमन्दिर आधारभूत मतदान केन्द्र (ख) बाट मतदान गरे।

एमाले नेता वामदेव गौतम मतदान गर्दै।

पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नम्बर १ का एमाले उम्मेदवार झलनाथ खनाल सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गर्दै। उनी प्रतिनिधिसभाका उम्मेदवार हुन्।

एमालेका उपाध्यक्ष तथा अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावल अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गर्दै।

नेपाली कांग्रेसबाट झापा–३ का प्रतिनिधिसभा उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा मतदान गर्दै।

कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंह क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट मतदान गर्दै।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले रुपन्देही क्षेत्र–१ को तिलोत्तमा नगरपालिकास्थित ज्योति निमावि मतदान केन्द्रमा मतदान गर्दै।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि धनुषाको राजेश्वरनिधि उच्च माविबाट मतदान गर्दै।

पूर्वमन्त्री ह्दयेश त्रिपाठी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र–१ स्थित जनजागृतीि मावि गुठीप्रसौनी मतदान केन्द्रबाट मतदान गर्दै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।