काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदबाट पास भए पत्रकारमाथि 'कु' हुने बताएका छन्।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु मिडियाको स्वतन्त्रताको पक्षमा रहेको प्रतिबद्धता जनाए।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सञ्चारकर्मीलाई विभिन्न बहानामा अनावश्यक दुःख दिने र सजायको कुरा गर्ने कुराहरु आफूहरुलाई मान्य नभएको बताए। 'प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, स्वतन्त्र रुपमा पत्रकारिता गर्ने अधिकारलाई कुण्ठित गर्ने प्रयासको हामी विरुद्धमा छौं', उनले भने।
प्रतिनिधिसभाका मुख्य सचेतक बालकृष्ण खाँडले संविधान प्रतिकूल हुने विधेयकलाई ठोस रुपमा विरोध गर्ने बताए। 'विधेयकलाई फर्काएर सरकारले संविधान अनुकूल नै बनाएर ल्याउनुपर्छ', उनले भने।
सरकारले बैसाख २७ गते राष्ट्रियसभामा दर्ता गराएको यो विधेयकको विरोध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।