• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ग्रेस नम्बर लिएर ५ वर्षअघि नै शताब्दी पुरुष भएँ : सत्यमाेहन जाेशी

64x64
नेपाल लाइभ शनिबार, वैशाख २८, २०७६  २१:०५
1140x725

-नारायण ढुंगाना/रासस

काठमाडाैं- उही पुरानै मयल रङको टोपी। दौरा सुरुवालमाथि कोट, सधैँ लगाउने जुत्ता उही। तर, अघिपछिभन्दा अली हँसिलो मुहार लिएर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मञ्चमा आसिन थिए।

उनको अनुहारमा चमक हुनुको एउटै कारण थियाे- उमेर एक सय वर्ष। आउँदो सोमबार उनले १ सय वर्षमा पाइला टेक्दैछन्। उनीसँगै कार्यक्रममा उपस्थित दर्शक तथा उनका शुभचिन्तकहरु पनि खुसी देखिन्थे।काठमाडौंको टङ्गालमा नई प्रकाशनको सम्मान अर्पणमा सहभागी जोशीले 'शताब्दी पुरुष' शब्दबारे मञ्चबाटै खुलेर मनको कुरा छताछुल्ल पारे।

उनी ९५ वर्षको हुँदैखेरि उक्त प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले 'शताब्दी पुरुष'को उपमा दिएका रहेछन्। त्यही बेला लेखिएको जोशीको जीवनीमा पहिलाे पटक ‘शताब्दी पुरुष’ परेको थियो। तर, उनलाई पाँच वर्षअघि नै प्रयोग भएको शब्दमा चित्त बुझेन। त्यो बेलाको स्मरण गर्दै जोशीले आफू ९५ वर्ष पुग्दा प्रसाईंले आफ्नो बायोग्राफी (जीवन वृत्तान्त) मा शताब्दी पुरुष भनेर सम्बोधन गर्दा चित्त नबुझेको बताए।

'त्यहीबेला मेरो फोक्सोमा पानी जमेको थियो, त्यसपछि मैले अनुरोध गरेँ, कृपया यो ‘शताब्दी पुरुष’ झिकिदिनोस्, भर्खर ९५ वर्ष पुगेँ, अझै पाँच वर्ष बाँकी छ भन्दा उहाँ (प्रसाईं)ले मान्नु भएन, ग्रेस नम्बर लिएर पाँच वर्षअघि नै शताब्दी पुरुष भएँ', जोशीले त्याे क्षण सम्झिए।

'शताब्दी पुरुष भनेर किताबमा निकाल्नुभयो, म बयोधा अस्पतालमा भर्ना हुन पुगेँ, मिति नै पुग्ने भो भन्ने लागेको थियो, तर त्यो ‘शताब्दी पुरुष’ले दीर्घजीवी बनाउन औषधिको काम गर्‍यो', त्यो क्षण सम्झिँदै जोशीले थपे।

३३ दिन अस्पतालमा चिकित्सकलाई बोलाएर कसरी हुन्छ बचाउनुपर्छ भनेर प्रसाईं अहोरात्र खटिएको उनले स्मरण गरे। जीवनभर नई प्रकाशनप्रति ऋणी भएको प्रतिक्रिया दिँदै जोशीले भने, 'त्यो नलेखेको भए फोक्सोमा पानी जमेको मान्छे रहने थिइन होला, १०० वर्ष मेरा लागि सौभाग्य हो, दीर्घ जीवनका निम्ती अहिले औषधि पनि खानुपरेको छैन, तपाईंहरुले अहिले जे गर्दै हुनुहुन्छ, मेरो दीर्घ जीवनका लागि ऊर्जा हो।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले मन्तव्यको अधिकांश समय 'शताब्दी पुरुष' शब्दमै खर्चिएका थिए।

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो ‘समृद्ध नेपाल सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न ठूला भवन र पावर हाउसबाट बिजुली निकालेर मात्रै नहुने भन्दै जोशीले भाषा, साहित्य, संस्कृतिको विकासले नै मुलुक समृद्ध बन्ने जिकिर गरे। जीवन वृत्तान्तमा ५ वर्षअघि नै शब्द प्रयोग भए पनि सरकारले भने विसं २०७४ बैसाख २१ गते मात्रै जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको थियो।

उनलाई नई प्रकाशनले १ सय वर्ष पुग्न लागेका अवसरमा आजैदेखि जन्मोत्सव प्रारम्भ भएको घोषणा गरेको छ। प्रा राजेन्द्र सुवेदी, प्रा डा महादेव अवस्थी र नई प्रकाशनका सदस्य सचिव प्रसाईंले उनलाई जरीजडित दुबोको माला लगाएर दीर्घ जीवनको कामना गर्दै १००औँ जन्मोत्सव प्रारम्भ भएको घोषणा गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोही कार्यक्रममा जोशीले देशविदेशका विभिन्न २० जनालाई पुरस्कार प्रदान गरेका थिए।

ललितपुर महानगरपालिकाले १०० वर्ष प्रवेशका अवसरमा यही बैसाख ३० गते पाटनमा जाेशीको सम्मानमा एक समारोहको आयोजना गर्दैछ। उनकै सम्मान महानगरले साे दिन सार्वजनिक बिदासमेत दिएकाे छ। यसअलावा उनी एक सय वर्ष पुग्न लागेकाे अवसरमा एक वर्षभरि विविध कार्यक्रमसमेत जनाएकाे छ। महानगरले यसअघि नै उनलाई सुरक्षा तथा यातायातकाे सुविधा प्रदान गरिसकेकाे छ।

नेपाली संस्कृति, साहित्य र इतिहासका ज्ञाता जोशी ३ पटक मदन पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुन्।

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्