काठमाडौं- संवैधानिक तथा न्यायिक पत्रकार मञ्चकाे पाँचाै अधिवेशनले नेपाल लाइभका चिफ रिपोर्टर दुर्गा दुलालकाे अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ।
मञ्चकाे उपाध्यक्षमा कालिका खड्का (रासस), महासचिव भाषा शर्मा (नागरिक), सचिव दीपक खरेल (नेपालखबर) र काेषाध्यक्षमा निराजन पाैडेल (राजधानी) चयन भएका छन्।
सर्वसम्मत चयन भएकाे कार्यसमितिका सदस्यमा कान्तिपुर टेलिभिजनका दीपक आचार्य र हिमाल साप्ताहिकका शरद ओझा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।