काठमाडौं- बुधबारदेखि कुवेत–काठमाडौं–कुवेत सीधा उडान सुरु हुने भएको छ।
कुवेतको वातानिया एयरवेजले बिहीबार बाहेक साताको ६ दिन प्रत्यक्ष उडान सुरु गर्न लागेको हो।
उक्त विमान सेवाले यात्रुलाई दिने सेवा-सुविधाबारे विमान कम्पनीका उच्च अधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौं–कुवेत सीधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।