काठमाडौं- आजदेखि तीन दिनसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने भएको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सोमबारसम्म मौसमी अवस्था प्रतिकूल हुने भएको हो।
आज दिउँसोदेखि आंशिक बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको केन्द्रद्वारा जारी सूचनामा जनाइएको छ। यस्तो अवस्था आइतबार र सोमबार पनि रहनेछ।
मेघ गर्जन, हावाहुरी सहित बर्षाको संभावना । pic.twitter.com/R9eGxmuOlP
— NEOC, MoHA Nepal (@NEOCOfficial) May 11, 2019
केन्द्रद्वारा जारी सूचना-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।