काठमाडाैं- काठमाडाैंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतकाे मुम्बई जान लागेका एक भारतीय नागरिक एक लाख अमेरिकी डलरसहित पक्राउ गरिएकाे छ।
नेपाल एयरलाइन्सकाे उडान नम्बर 'आरए-२०१' बाट भारतको मुम्बई जान लागेका ४४ वर्षीय भारतीय नागरिक 'वन्दना सोनी' भनिने वन्दना घनश्याम सोनीलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएकाे विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बताए।
उनका अनुसार विमानस्थलमा चेकजाँचका क्रममा ब्यागेजमा राखेर भारत लैजान लागिएकाे साे रकमसहित उनलाई नियन्त्रणमा लिइएकाे हाे। बरामद अमेरिकी डलरसहित निजलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्वल अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।