फाइल तस्बिर
काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेका छन्।
अध्यक्ष दाहालले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क पनि गरे। ‘एउटा जाति, एउटा भाषाले अरु जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजबुत हुने’, उनको भनाइ थियो।
शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित खड्गी समाजको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जर्गेना गर्ने र त्यसका राम्रा पक्षहरुलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने धारणा राखे।
कार्यक्रममा अध्यक्ष दाहालले सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरुमा खड्गी समाजले पुर्याएको योगदानको पनि चर्चा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।