काठमाडौं– नेपाल र दक्षिणी अफ्रिकी देश इस्वातिनी औपचारिक कुटनीतिक सम्बन्धमा गाँसिएका छन्। योसँगै विश्वका १ सय ६६ देशसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको छ।
बिहीबार न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि अमृतबहादुर राई र इस्वातिनीका स्थायी प्रतिनिधि मेलुसी मार्टिन मस्कुले दुई देशबीच सम्बन्ध स्थापना गर्ने संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका हुन्।
दुई देशले सम्झौताबारे राष्ट्रसंघका महासविचलाई समेत जानकारी गराएका छन्।
सो अवसरमा दुवै दशका राजदूतले नेपाल र इस्वातिनीले राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चमा नजिकै रहेर काम गरेको सस्मरण गरेका थिए।
आउँदा दिनमा दुई देशबीचको द्धिपक्षीय सहकार्यलाई अझ फराकिलो र गहिरो बनाउनेबारे दुवै देशका राजदूतले आफ्ना धारणाा आदान—प्रदान गरेका थिए।
नेपाल र इस्वातिनी भूपरिवेष्टित राष्ट्रहरूको समूह, असलंग्न आन्दोलन र जी—७७ समूहको सदस्य छन्।
यसअघि स्वाजील्याण्ड भनिने इस्वातिनीको जनसंख्या झण्डै १३ लाख छ । इस्वातिनीको उत्तरपूर्वी सिमामा मोजाम्बिक छ भने उत्तर, पश्चिम र दक्षिणमा दक्षिण अफ्रिका रहेको छ ।
प्रतिव्यक्ति आय ४ हजार अमेरिकी डलर भएको इस्वातिनीको आर्थव्यस्था विविधतापूर्ण छ।
बेलायति उपनिवेशबाट सन् १९६८ मा स्वतन्त्र भएकै वर्ष इस्वातिनी संयुक्त राष्ट्रसंघमा जोडिएको थियो । यहाँ सक्रिय राजतन्त्र छ ।
गत बर्षको अप्रिलमा त्यहाँका राजाको ५० औं वार्षिक जनउत्सवका अवसरमा स्वाजील्याण्डबाट यो देशको नाम परिर्वतन गरेर इस्वातिनी राखिएकको थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।