काठमाडौं- युरोपियन च्याम्पियन्स लिग पछि युरोपा लिगको उपाधिका लागि पनि इंग्लिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
च्याम्पियन्स लिगको उपाधिका लागि टोटनह्याम र लिभरपुलबीच प्रतिस्पर्धा हुने तय भएको भोलिपल्ट आर्सलन र चेल्सीले युरोपा लिगको उपाधि भिडन्त पक्का गरेका हुन्।
आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई समग्रमा ७-३ ले हराएर फाइनलमा स्थान पक्का गर्यो। सेमिफाइनलको पहिलो लेगमा ३-१ ले विजयी भएको आर्सनलले गए राति भएको दोस्रो लेगमा ४-२ को जित हात पार्यो।
भ्यालेन्सियाको मैदानमा भएको दोस्रो लेगमा आर्सनलका पियरी इमिरेक आयुबामेयाङले ह्याट्रिक गरे। उनले खेलको १७, ६९ र ८८ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए। लाकाजेटीले ५० मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए।
त्यसअघि भ्यालेन्सियाका लागि जेमेरोले ११ र ५८ मिनेटमा गोल गरेका थिए।
यता चेल्सीले जर्मन क्लब फ्रान्कफर्ट पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो। पहिले लेग १-१ को बराबरीमा सकिदा गए राति भएको दोस्रो लेग पनि १-१ कै बराबरीमा सकिएको थियो। जसक कारण खेल पेनाल्टी सुटआउटमा पुग्यो।
गए राति चेल्सीका लागि लेफटस चेकले २८ मिनेटमा गोल गरे पनि फ्रान्कफर्टका जोभिकले ४९ मिनेटमा बराबरी गोल फर्काए।
अब उपाधिका लागि आर्सनल र चेल्सीबीच जुन २९ मा अजरबैजानको बाकुमा प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।