एजेन्सी- युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब टोटनह्यामले सनसनीपूर्ण जित निकालेर फाइनलमा स्थान सुरक्षित गरेपछि सबैभन्दा बढी भावुक प्रशिक्षक माउरीसियो पोचेटिनो भए। खेल सकिएपछि उनले मैदानमा भावुक हुँदै आँशु झारेका थिए।
डच क्लब अयाक्ससँग समग्रमा ३-३ को बराबरी खेलेको टोटनह्याम अवे गोलमा अघि रहदै फाइनलमा पुगेको हो। टोटनह्याम घरेलु मैदानमा भएको पहिलो लेगमा १-० ले पराजित भएको थियो।
बुधबार अयाक्सको मैदानमा भएको दोस्रो लेगमा पनि टोटनह्याम पहिलो हाफमा २-० ले पछि पार्यो। तर दोस्रो हाफमा उसले ३ गोल गरेर उत्कृष्ट पुनरागमन गर्न सफल भयो। टोटनह्यामका लागि लुकास माउराले ह्याट्रिक गरेका थिए। उनले दोस्रो हाफमा ६ मिनेट थपिएको इन्जुरी टाइमको अन्तिम मिनेटमा तेस्रो गोल गरेका थिए।
नाटकीय खेलमा जित हात पारेपछि प्रशिक्षक पोचेटिनो सम्हालिन सक्ने स्थितिमा थिएनन्। 'म आफ्नो परिवारलाई सम्झन चाहान्छु। यो ठूलो अवार्ड हो। यस्तो प्रकारको फुटबलले धेरै भावुक बनाउछ। त्यसैले फुटबललाई धन्यवाद दिन चाहान्छु।'
अब टोटनह्यामले उपाधिका लागि अर्को इंग्लिस क्लब लिभरपुलसँग जुन १ मा म्याड्रिडमा प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।