काठमाडौं- सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘मेरो सरकार’ शब्दावली प्रयोग गर्न नहुने भए ‘जय नेपाल’ शब्द पनि कांग्रेसले भन्न नहुने बताएका छन्।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं मन्त्री बाँस्कोटाले राजा महेन्द्रले प्रयोग गर्ने शब्द कांग्रेसले प्रयोग गरेको भन्दै आपत्ति जनाए।
२०१७ पुस १ मा राजा महेन्द्रले 'कु' गर्दा अन्तिम वाक्य 'जय नेपाल' प्रयोग गरेको इतिहास सुनाए।
महेन्द्रकै शब्दावली कांग्रेसले भन्दै आएको प्रति उनले असन्तुष्टि जनाए।
‘मेरो सरकार’ शब्दावली राष्ट्रपतिले प्रयोग गर्न नहुने भए नेपाल प्रहरीले प्रयोग गर्ने ‘जय नेपाल’ शब्दवली किन प्रयोग गरिएको भन्दै कांग्रेसलाई प्रश्न गरे।
सत्ता पक्ष र प्रतिपक्षबीच नहुने संसदीय पररम्पराकै शैलीमा आरोप प्रत्यारोप भएको औंल्याए।
उनले भने, ‘पहिले पहिले पनि यस्तो हुन्थ्यो। यो क्रम अझ बढ्नुपर्छ।'
प्रधानमन्त्रीको कम्बोडिया र भियतनाम भ्रमण टोलीमा संख्या धेरै नभएको जिकिर गरे।
उनले भने, ‘प्रश्न संख्या होइन, सम्बन्धको हो। औपचारिकको सम्बन्ध मात्रै होइन। ती देशहरुबीच नेपालको लामो सम्बन्ध छ।’
मन्त्री जाँदा फलिफाप हुने स्थानमा प्रधानमन्त्री जादाँ झन् फलिफाप हुने उनको दाबी छ।
नेपालका तर्फबाट हुने सगरमाथा डाइलग प्रधानमन्त्रीको भ्रमण आधारशिला हुने दाबी गरे।
डोनाल्ड ट्रम्प र किम जोन उन भेट वार्ता भएको देशमा प्रधानमन्त्री पुग्दा झनै राम्रो हुने उनको दाबी थियो।
अकारणले प्रधानमन्त्री नगएको उनको भनाई थियो।
पर्यटन मन्त्रालयमा मन्त्रीको पद खाली नभएको पत्रकार सम्मेलनमा जानकारी गराए।
उनले भने,‘मन्त्री पद खाली छैन। केही पनि फरक पर्दैन। प्रधानमन्त्रीले सम्हाल्नुभएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।