काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कम्युनिस्ट पार्टीको सदस्य भए टुँडिखेल किन्न/बेच्न पनि छुट हुने आरोप लगाएका छन्।
पार्टीले सुरु गरेको पहिलो चरणको जागरण अभियानका क्रममा धादिङमा बोल्ने क्रममा पौडेलले भने, 'अहिले अरु केहि चाहिँदैन, नेकपाको सदस्यता भए पुग्छ। सरकारी जग्गा बेचे पनि छुट हुन्छ। टुँडिखेल बेचे पनि छुट पाउँछ।’
मंगरबार संसदमा प्रधानमन्त्री केपी शर्माले प्रस्तुत गरेको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छबि बिग्रिएको उनले बताए।
संसदीय अभ्यासको धज्जी उडाउने कार्य भएको भन्दै पौडेलले भने, ‘प्रधानमन्त्रीले न संविधानको रक्षा गर्न सक्नुभयो।न आफ्नो मर्यादा कायम गर्न सक्नुभयो।’
जवाफ खोजेका सांसदहरूलाई प्रधानमन्त्रीले गरेको व्यवहारलाई तुच्छको संज्ञा दिए।
हरेक नागरिकले प्रधानमन्त्रीसँग प्रश्न खोज्ने अधिकार रहेको उनले बताए।
प्रधानमन्त्रीको प्रश्नबाट नै रिसाउने र प्रश्नको छनोट गरेर दिने प्रवृत्ति रहेको भन्दै आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।