कञ्चनपुर– नेपाली कांग्रेसकाका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले संघीयता नचाहेको ठोकुवा गरेका छन्।
राष्ट्रिय जागरण अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेश स्तरीय सभाको कैलालीको लम्कीमा बुधबार उद्घाटन गर्दै नेता निधिले कम्यूनिस्टहरू संघीयतावादी हुनै नसक्ने बताए।
आगामी आवका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेत संघीयताको बारेमा वर्तमान सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसकेको बताउँदै निधिले वर्तमान सरकार संघीयता नचाहिरहेको आरोप लगाए।
वर्तमान सरकार काण्डै काण्डको सरकार भएको बताउँदै जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए।
उपसभापति निधिले ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस' भन्ने मूल नाराका साथ सुरु गरेको राष्ट्रिय जागरण अभियान’ पार्टीको संगठनलाई सुदृढीकरण गर्नका लागि आयोजना गरेको बताउँदै वि-भिन्न चरणमा कार्यक्रम तय गरेको बताए।
कम्यूनिस्ट सरकार विश्वका विभिन्न मुलुकमा कहीँ कतै सफल भएको इतिहास नभएको बताउँदै नेता निधिले नेपालमा समेत असफल भइसकेको बताए।
कार्यक्रममा नेपाली कांग्रेस प्रशिक्षण विभागका सदस्य तथा महिला नेत्री आरजु राणा देउवाले जनताको पक्षमा काम गर्ने पार्टी कांग्रेस मात्र भएको बताइन्।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा अभियानका कैलालीका लागि केन्द्रीय प्रतिनिधि श्याम घिमिरेले राष्ट्रिय जागरण अभियानको क्रममा आफू एक महिनासम्म कैलालीमा रहने बताउँदै अभियानमा सबैले साथ दिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।