जनकपुर- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली गैर-जिम्मेवार र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलोकतान्त्रिक भएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसले बुधबारबाट सुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तरगत प्रदेश २ को जनकपुरमा बोेल्दै पौडेलले संसदमा दिएको अभिव्यक्तिले उनी गैर-जिम्मेवार रहेको प्रमाणित भएको दाबी गरे।
उनले भने, ‘मुलुकको प्रधानमन्त्री अनि जिम्मेवार नेताले संसदमा त्यस प्रकारको अभिव्यक्ति दिँदैनन्।’
पौडेलले प्रचण्डलाई लोकतन्त्रप्रति विश्वास नभएका कारण नै अझै जंगल जाने अभिव्यक्ति दिने गरेको बताए।
पौडेलले मधेशी नेताहरु मधेसप्रति सबैभन्दा अनुदार केपी ओलीको चाकडीमा पुगेको आरोप लगाए।
‘मधेशका सवैभन्दा बढी नै अनुदार केपी ओलीको चाकडीमा किन पुगे अब मधेशी जनताले हिसाब किताब खोज्ने बेला भएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।