लिभरपुल– स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेजले आफ्नो टिमका डिफेन्ड लाइन 'स्कुले केटा जस्तै' भएको प्रतिक्रिया दिएका छन्।
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलले बार्सिलोनालाई ४–० ले पराजित गरे पछि सुआरेजको यस्तो प्रतिक्रिया आएको हो।
पहिलो लेगमा ३–० ले पराजित भएको लिभरपुलले मंगलबार भएको दोस्रो लेगमा अविश्वनिय रुपमा पुनरागमन गरेको थियो। पहिलो लेगमा ३ गोल खाएपनि दोस्रो लेगमा हात पारेको सानदार जितसँगै लिभरपुल समग्रमा ४–३ ले विजयी भएर लगातार दोस्रो सिजन फाइनलमा पुग्यो।
लिभरपुलसँग पराजित भएपछि सुआरेजले भनेका छन्,'अब हामीले सबै खालका आलोचना खेप्न तयार हुनुपर्छ।' उनले हारपछि पिडा भएको पनि प्रतिक्रिया दिए।
'उनीहरुले गरेको चौथो गोलमा हामी स्कुले केटा जस्तै देखियौं,' उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।