राष्ट्रपति भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै ढुंगाना। तस्बिर सौजन्य : राष्ट्रपतिको कार्यालय
काठमाडौँ- क्यानाडका लागि आवासीय राजदूतमा नियुक्त भएका भृगु ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधवार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ढुङ्गानालाई राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन्।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।
मन्त्रिपरिषद्को बैठकले गत पुसमा ढुंगानालाई राजदूतमा सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिले पनि गत माघ ८ मा उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियोे।
संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई गत चैत १८ गते नियुक्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।