काठमाडौं- ताप्लेजुङको मैवाखोला गाँउपालिकामा भइहरेको तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ भएको छ।
बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पुलिस फाइनलमा स्थान पक्का गरेको हो। पुलिसले २५–१७, २६–२४ र २५–१७ ले गण्डकीलाई हरायो।
आजै भएको दोस्रो सेमिफाइनलमा आर्मीले एपिएफलाई ३–१ को सेटमा हरायो। आर्मीले पहिलो सेट २५-२१ र दोस्रो सेट २५–२० ले जित्यो। तेस्रो सेटमा भने एपिएफ खेलमा फर्कियो। एपिएफले २५–२० ले जित्दै खेललाई २–१ मा ल्याए। चौथो सेटमा आर्मी २६–२४ ले विजयी हुँदै फाइनलमा स्थान पक्का गर्यो।
अब उपाधि भिडन्त बिहीबार हुनेछ।
'पर्यटन प्रवर्धनका लागि भलिबल' भन्ने नाराकासाथ जलजले क्लब साँघुको आयोजना तथा मैवखोला क्लव ढुंगेसाँघु, न्यू पाथिभरा क्लब फाकुम्बाको सह–आयोजनामा प्रतियोगिता संचालन भइरहेको छ। नरायाणी उमावि खेल मैदानमा भइरहेको प्रतियोगिताको विजेतलाई रु ३ लाख ५१ हजार ५ सय ५ र उपविजेतालाई १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।त्यसैगरी सेमिफाइनलमा पराजित टिमलाई ५० हजार रुपैयाँ तथा विधागत पुरस्कारतर्फ वेस्ट सर्भर, वेस्ट डिफेन्डर, वेस्ट ब्लकर, वेस्ट सटर, वेस्ट क्विइकर, वेस्ट ओपन स्पाइकर र वेस्ट कोचलाई जनही ७ हजारका दरले पुरस्कार प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।