राजविराज– मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ।
रुपनी–राजविराज सडकअन्तर्गत रुपनी गाउँपालिका-२ मा स ६ प १८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री स्थानीय ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको हो।
रुपनीबाट राजविराज आउँदै गरेको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएपछि यादव घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।