काठमाडौं– नक्कली लाइसेन्स बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनुह घर भई काठमाडौं बस्दै आएका सुरन्द्र श्रेष्ठ र धादिङ घर भई काठमाडौं बस्दै आएका कृष्ण थपलिया रहेका छन्।
उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार गोंगबुबाट पक्राउ गरेको हो। उनीहरूले गोंगबुमा श्रेष्ठ डिजिटल फोट स्टुडियो सञ्चालन गर्दै नक्कली लाइसेन्स, शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका कागजात बनाउने गरेको काठमाडौं परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट लाइसेन्स बनाउन प्रयोग गरिने होलोग्राम, बनिसकेका लाइसेन्स, शैक्षिक योग्यताको प्रमाणपत्र, पासपार्टका खोल, नागरिकता बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।