झापा- झापाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलबार लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेटबाट प्रहरीले मंगलबार लागुऔषधसहित भद्रपुर नगरपालिका-३ बस्ने वर्ष-२९ का दलबहादुर लिम्बुलाई पक्राउ गरेको हो। लिम्बुलाई दिउँसो ३ बजे नाइट्रोजन चक्की-१० एम्पुल र स्पास्मोप्रोक्सिभन ट्याब्लेट-८० चक्कीसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
त्यसैगरी, शिवसत्ताक्षी नगरपालिका-१० बाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित मोरङ केराबारी गाउँपालिका-९ बस्ने वर्ष २० का रुबिन थापा र वर्ष १८ का अरुण लिम्बुलाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले साँझ पौने ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को३७प ७९९१ नम्बरको मोटररसाइकलमा चेकजाँच गर्ने क्रममा सिटमुनी लुकाई-छिपाई राखेको १ ग्राम खैरो हेरोइन बरामद गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।