मेलम्ची- सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको ट्रकबाट खस्दा १ जनाको ज्यान गएको छ।
मङ्गलबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नम्बरको ट्रकबाट खस्दा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको ज्यान गएको हो।
ट्रककाे बडीमा बसेर जन्तीबाट घर फर्कने क्रममा खसेर तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।