काठमाडाैं- नेपाली कांग्रेसको पहिलो चरणको जागरण अभियान आज (बुधबार)देखि सुरु हुँदैछ। 'हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस, राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आजदेखि सुरु हुन लागेको हो।
७७ जिल्ला र विदेशस्थित ३३ जनसम्पर्क समितिले एक साथ जागरण अभियान सुरु गर्ने जनाइएको छ। तीन चरणमा गरी जागरण अभियान सकिने कांग्रेसले जनाएको छ। आजदेखि जेठ महिनासम्म पहिलो चरण, भदौ २४ (बिपी जयन्ती अवसर पारि सुरु) देखि असोज १० सम्म दोस्रो चरण र अन्तिम चरणको अभियान पुस ७ देखि १६ सम्म हुनेछ।
पार्टीले सञ्चालन गरेको अभियानमा भ्रातृ संस्था भिन्न-भिन्न मुद्दा लिएर अभियान सञ्चालन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए।
परम्परागत शैलीलाई परिवर्तन गरी वक्ता तीन जना मात्रै हुने गरी कार्यक्रमकाे प्रारुप बनाइएको छ। यसअघि बनाइएको प्रारुपमा महिला वक्ताहरुलाई महत्व कम दिइएको भन्दै महिला सदस्यहरुले आपत्ति जनाएपछि उनीहरुलाई पनि स्थान दिने गरी कार्यक्रम तय गरिएकाे छ। जागरण अभियानमा स्वागत र विसर्जनबाहेक केवल तीन वक्ताले सम्बाेधन गर्ने गरी छिटोछरितो बनाइएकाे शर्माले जानकारी दिए।
जागरण अभियानलाई मध्यनजर गरी पार्टीले १२ भाषामा जागरण गीत बनाएको छ। मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा गीत तयार भएको हो।
कार्यक्रम उद्घाटनका लागि आज सातै प्रदेशमा शीर्ष नेताहरुले सम्बाेधन गर्ने भएका छन्।
जागरण केन्द्रित सतर्कताका लागि अनुशासन समितिले पार्टी हितविपरीतका गतिविधि कोहीबाट नगर्न सचेत बनाएको छ। जागरण अभियानलाई सम्पन्न गर्न ५१ जिल्ला सम्पर्क समितिको भेला भइसकेको छ।
कहाँ कसलाई खटाइयो?
प्रदेश १ का १४ जिल्ला
ताप्लेजुङ– सरिता प्रसाईं
पाँचथर– लक्ष्मी परियार
इलाम– अमृत अर्याल
संखुवासभा– सीता गुरुङ
तेह्रथुम– हसन अन्सारी
धनकुटा– डा नारायण खड्का
भोजपुर– रामहरि खतिवडा
खोटाङ– उदयशमशेर राणा
सोलुखुम्बु– लक्ष्मी राई
ओखलढुंगा– मिनाक्षी झा
उदयपुर– प्रदीप गिरि
झापा– ज्ञानेन्द्रबहादुर कार्की
मोरङ– कृष्णप्रसाद सिटौला
सुनसरी– महेश आचार्य
प्रदेश २ का ८ जिल्ला
सप्तरी– आनन्दप्रसाद ढुंगाना
सिरहा– महेन्द्र यादव
धनुषा– बलबहादुर केसी
महोत्तरी– चित्रलेखा यादव
सर्लाही– महालक्ष्मी उपाध्याय ‘डिना’
रौतहट– रमेश रिजाल
बारा– प्रकाशमान सिंह
पर्सा– फरमुल्लाह मन्सुर
प्रदेश ३ का १३ जिल्ला
दोलखा– रामकृष्ण यादव
रामेछाप– किरण यादव
सिन्धुली– डा रामशरण महत
काभ्रेपलाञ्चोक– डा शेखर कोइराला
सिन्धुपाल्चोक– अम्बिका बस्नेत
रसुवा– जीवन परियार
नुवाकोट– मीन विश्वकर्मा
धादिङ– प्रदीप पौडेल
चितवन– रमेश लेखक
मकवानपुर– अर्जुननरसिंह केसी
भक्तपुर– डा मिनेन्द्र रिजाल
ललितपुर– सुरेन्द्रराज पाण्डे
काठमाडौं– बालकृष्ण खाँण
गण्डकी प्रदेशका ११ जिल्ला
गोरखा– ध्यानगोविन्द रञ्जित
लमजुङ– कमला पन्त
तनहुँ– नविन्द्रराज जोशी
कास्की– अर्जुनप्रसाद जोशी
मनाङ– कृष्णचन्द्र नेपाली
मुस्ताङ– बहादुरसिंह (लामा) तामाङ
पर्वत– चिनकाजी श्रेष्ठ
स्याङ्जा– गोविन्द भट्टराई
म्याग्दी– शुक्रराज शर्मा
बागलुङ– शंकर भण्डारी
नवलपुर (बर्दघाट सुस्तापूर्व)– दिपक गिरी
प्रदेश ५ का १२ जिल्ला
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– राधेचन्द्र यादव
रुपन्देही– पुष्पा भुसाल
कपिलवस्तु– हरिप्रसाद नेपाल
पाल्पा– बालकृष्ण पाण्डे
अर्घाखाँची– दिपकुमार उपाध्याय
गुल्मी– अजयकुमार चौरसिया
रूकुम (पूर्वी भाग)– रत्न शेरचन
रोल्पा– मानबहादुर विश्वकर्मा
प्यूठान– शिवराज जोशी (सुर्खेत)
दाङ– मोहनबहादुर बस्नेत
बाँके– श्यामकुमार घिमिरे
बर्दिया– डा डिला संग्रौला
कर्णाली प्रदेशका १० जिल्ला
रूकुम (पश्चिम भाग)– राजनप्रसाद पन्त
सल्यान– पार्वता डिसी चौधरी
डोल्पा– कुमार खड्का
जुम्ला– रमा पौडेल
मुगु– दिनबन्धु श्रेष्ठ
हुम्ला– हृदयराम थानी
कालिकोट– डा चन्द्र भण्डारी
जाजरकोट– ध्रुव वाग्ले
दैलेख– दिलबहादुर घर्ती
सुर्खेत– जीवनबहादुर शाही
सुदूरपश्चिम प्रदेशका ९ जिल्ला
बाजुरा– दिलेन्द्रप्रसाद बडू
बझाङ– मनमोहन भट्टराई
डोटी– शिवप्रसाद हुमागाईं
अछाम– गगनकुमार थापा
दार्चुला– अतहर कमाल मुसलमान
बैतडी– किरणराज शर्मा पौडेल
डडेलधुरा– बीरबहादुर बलायर
कञ्चनपुर– गुरुराज घिमिरे
कैलाली– एनपी साउँद
बजेट अधिवेशन जारी रहेकोले सांसदहरुलाई जिल्लाका खटाउने यसअघिको निर्णयमा परिमार्जन गरिएको छ। पछिल्लो निर्णयअनुसार संघीय संसदमा रहेका सांसदहरु अभियानका लागि जिल्ला जान नपर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।