काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (बिप्लब) का पोलिटब्यूरो सदस्य पदम राईलाई पार्टीले निलम्बन गरेको छ।
पूर्व राज्य मन्त्री राईले पार्टी नीति विपरित अभिव्यक्ति दिएको भन्दै निलम्बन गरिएको छ।
राईले केही दिन अघि सरकारसँग वार्ताको वातावरण बन्दै गएको अभिव्यक्ति दिएका थिए।
पार्टीले भूगोलमा कुनै जिम्मेवारी नदिएका राईलाई मंगलबारदेखि निलम्बन गरिएको पार्टी स्रोतले जानकारी दिएको छ।
राई भोजपुरका तत्कालीन माओवादी नेता हुन्।
शान्ति प्रक्रियापछि आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए।
२०६४ को संविधानसभा निर्वाचनमा भोजपुर १ बाट सभासद बनेका थिए। राई माओवादीनिकट किराँत राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पनि भएका थिए।
गत निर्वाचनमा प्रदेश एक का मुख्य मन्त्री शेरधन राईलाई चुनावी प्रचारका क्रममा आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
मोरङमा पक्राउ परेका उनी ६० हजार धरौटीमा रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।