काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरू
१) संसदमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेस आक्रोशित, विरोधकैबीच नीति तथा कार्यक्रम पारित।
२) एनसेलबाट तत्काल लाभकर नलिन सर्वाेच्चको अन्तरिम आदेश, तत्काल कर बुझाउने बाध्यताबाट उन्मुक्ति।
३) नागरिकता विवादमा गृहको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, गम्भीर कानुनी प्रश्न देखिएको तर्क।
४) नेपालले जेठ दोस्रो साता मलेसिया र ताइपेईसँग मैत्रीपूर्ण खेल्ने, मंगलबारदेखि तयारी सुरु।
५) र, प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविराम गर्न सहमत, सर्तमा गाजातर्फबाट रकेट र इजरायलबाट हवाई आक्रमण रोकिनु पर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।