राजविराज– सप्तरीमा नवजात शिशुको बेवारिसे शव फेला परेको छ।
राजगढ गाउँपालिका–३ स्थित खोल्सीमा मंगलबार दिउँसो शिशुको शब फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
स्थानीय झौरा बजारबाट करिब १ किलोमिटर पूर्वमा रहेको खोल्सीमा साडीले बेरेर सुताइएको अवस्थामा शिशुको शव भेटिएको एसपी राजेन्द्र विष्टले बताए।
अवैध गर्भबाट जन्मेको बच्चा मारेर फालेको हुनसक्ने स्थानीयको आशंका छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।