काठमाडौं- संघीय संसदको प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुत बहुमतले पारित गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदको गरिमा घटाएको भन्दै प्रमुख प्रतिपक्षीको विरोधका बाबजुत संसदले नीति तथा कार्यक्रम पास गरेको हो।
प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा प्रमुख प्रतिपक्षले संसद अवरुद्ध गरेको थियो।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए। लगत्तै का्रग्रेसका सांसदहरुले प्रश्न गरेका थिए। जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भने लगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।