काठमाडौं– सरकारले दुई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ।
सरुवा सूची अनुसार प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागमा कार्यरत एआइजी पुस्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) महाराजगञ्जमा सरुवा गरिएको छ।
त्यस्तै, प्रहरी एकेडेमीमा कार्यरत एआइजी धीरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा काज सरुवा गरिएको छ। बस्न्यातको काज सरुवा हो भने कार्कीको सरुवा हो। हाल सुरक्षा परिषद्मा प्रहरीका तर्फबाट डिआइजी शेरबहादुर बस्नेत कायमै रहेका छन्। तर, एआइजी बस्नेतलाई लगिएको हो।
राष्ट्रिय सुरक्षाका विषयमा थप काम गर्नुपर्ने भएकाले एआइजी बस्नेतलाई केही समयका लागि लगिएको हुन सक्ने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।