• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पूर्वन्यायाधीशहरुको प्रतिवेदन : अदालतमा बिचौलिया सक्रिय भए, भ्रष्टाचार बढ्यो

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २४, २०७६  ११:२४
1140x725

काठमाडौं– पूर्वन्यायाधीश फोरम नेपालको २०७५ मंसिर २५ मा बसेको साधारण सभाले न्यायलयको अवस्था अध्ययन गर्न एक समिति गठन गरेको थियो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रप्रसाद भण्डारी नेतृत्वमा बनेको समितिमा सर्वोच्चकै पूर्व न्यायाधीशहरु पवनकुमार ओझा, गिर वैद्यनाथ उपाध्याय सदस्य थिए। पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश शम्भुबहादुर खड्का सदस्य सचिव थिए।

उक्त अध्ययन समितिले न्यायालयमा बिचौलियाहरु विभिन्न भेषभूषामा रहने गरेको उल्लेख गरेको छ। यस्ता बिचौलिया राजनीतिक दल एवं सामाजिक कार्यकर्ताहरु जस्ता राम्रा र चिल्ला अनुहारमा रहनेको र कतिपय वकिल, न्यायकर्मी वा पूर्व न्यायकर्मी समेत रहेको प्रतिवेदनमा उल्लेख छ। 

अध्ययन प्रतिवेदनको दुई खण्डमा बिचौलियाहरुको बारेमा चर्चा गरिएको छ।

पहिलो खण्डका अदालतका कस्ता व्यक्तिहरु बिचौलियाको रुपमा रहेका छन् र उनीहरु कुन पोसाकमा उत्रन्छन् भनेर चर्चा गरिएको छ भने दोस्रो खण्डमा उनीहरुबाट बच्न के गर्नु पर्छ भनी सुझाइएको छ।

राजनीतिक हस्तक्षेप बढ्यो 
न्यायालयमा बढेको राजनीतिक प्रभावले मुलुक सर्वसत्तावादतर्फ प्रवेश गर्न लागेको तर्फ पूर्वन्यायाधीशहरूले चिन्ता जाहेर गरेका छन्। न्यायालय गलत बाटोमा जान थालेको प्रति समेत उनीहरुको टिप्पणी छ। 

‘न्यायपालिकाले राजनीतिक दुष्प्रभाव समेतबाट जनताको अधिकारको सुरक्षा गर्नुपर्ने दायित्व बोक्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘न्यायपालिका दलहरुको प्रभावमा पर्ने दुर्भाग्यपूर्ण अवस्थामा देश एकदलीय शासन वा कुनै न कुनै सर्वसत्तावादतिर धकेलिन सक्ने सम्भावना बढ्दै जान्छ।’

प्रतिवेदनमा न्यायपरिषद्ले न्यायाधीश नियुक्तिको माध्यमबाट न्यायालयमा राजनीति घुसाएको निष्कर्ष छ। अनुभव नै नभएका व्यक्तिलाई न्यायालयमा नियुक्त गर्दा अदालतको मान, सम्मान र न्यायकै धज्जी उड्ने अवस्था सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘कानुन व्यवसायमा समर्पित भई जनतालाई न्याय दिलाउने प्रयासको सट्टा नामका लागि मात्र वकिलको रुपमा दर्ज भई जसरी भएकाहरुले अवसर पाएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘जसरी पनि  पैसा कमाउने र राजनीतिक स्वार्थ साधनमा लाग्नेलाई न्यायाधीशको रुपमा दलीय भागबन्डाको आधार नियुक्ति गर्ने काम पछिल्ला वर्षमा प्रशस्त भएका छन्।’ त्यसबाट न्यायपालिका जनतामा न्यायिक निष्पक्षताको प्रत्याभूति गर्न सक्षम हुन नसक्ने प्रतिवेदनमा उल्लेख छ। 

केही न्यायाधीश आफ्नो राजनीतिक दल र नेताप्रति बफादारी देखाउन पार्टीका कार्यकर्तामार्फत र अन्य विभिन्न किसिमले नेताको सम्पर्कमा रहिरहने हुनाले न्यायालयमा राजनीतिक चलखेलको प्रभाव परिरहेको प्रतिवेदनमा भनिएको छ।

कानुन व्यवसाय क्षेत्रबाट ल्याइएका केही न्यायाधीशले नि:सन्देह राम्रा उदाहरण प्रस्तुत गरेको भन्दै समितिको प्रतिवेदनले उनीहरु ओझेलमा परेको भनिएको छ। वर्तमान न्यायपरिषदको बनोटपछि त्यस क्षेत्रबाट ल्याइएका केही न्यायाधीशमा अनिवार्य रुपले हुनुपर्ने निष्पक्षताको अभाव रहेको निष्कर्षसमेत प्रतिवेदनमा निकालिएको छ। 

प्रधानन्यायाधीशको नियुक्तिमा राजनीति! 
पूर्वन्यायाधीश समाजको उक्त प्रतिवेदनमा न्याय परिषदमा राजनीतिक नेतृत्व हाबी भएकाले प्रधानन्यायाधीशकै नियुक्तिमा समेत राजनीति हाबी भएको उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

न्यायापरिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुन्छन् भने तीन सदस्य राजनीतिक नियुक्तिका रहने गरेका छन्। अदालतका तर्फबाट अल्पमत हुने भएकाले राजनीतिक तहले दबाबमा काम गराउन बाध्यसमेत पार्ने गरेको प्रतिवेदनमा उल्लेख छ। 

न्यायाधीशमा क्षणिक लोकप्रिय हुने भोक 
सरकारवादी फौजदारी, अर्थ, आयकर वा यस्तै अरु मुद्दामा क्षणिक लोकप्रियता प्राप्त गर्ने विचारले कुनै न्यायाधीशहरुले फैसला गर्न थालेको प्रतिवेदनको निष्कर्ष छ। 

त्यस्तो कार्य गर्दा सरकार वा केहीलाई  फाइदा भए पनि समग्र रुपमा न्यायालय भने धरासायी हुने प्रतिवेदनमा उल्लेख छ।  

मिडिया ट्रायल धेरै भयो 
पूर्वन्यायाधीशहरुको प्रतिवेदनले पछिल्लो समयमा मिडिया ट्रायल हुने गरेको निष्कर्ष निकालेको छ। 

न्यायालयको मर्यादा समाजमा विस्तारै खस्किरहेको औंल्याउदै प्रतिवेदनमा राजनीतिक दलका पदाधिकारी, सरकारी पदाधिकारी वा कुनै पनि व्यक्तिविशेषले समेत अदालतमाथि ट्रायल गर्न थालेको प्रतिवेदनमा उल्लेख छ।

न्यायाधीशहरुमाथिको ट्रायल सञ्चारमाध्यमबाट भएको प्रतिवेदनले जनाएको छ। 'कतिपय सञ्चारमाध्यमले न्यायपालिका र न्यायाधीशको मानमर्दन हुने खालका अभिव्यक्ति र समाचारहरु पस्किने गरेका छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘न्यायाधीश एवं न्यायकर्मीसमेत आफ्नो र न्यायपालिकाको मानमर्यादाप्रति सचेष्ट रहनुपर्छ।’

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  ११:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्