काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उपस्थित भएर वर्ष ०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदैछन्। नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरुको जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले आज जवाफ दिने कार्यसूची तय भएको हो।
सरकारकाे तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रयोग भएकाे 'मेरो सरकार' र 'संविधानको सर्वस्वीकार्यता'का विषयमा धेरै प्रश्न उठाइएको छ। साे सम्बन्धमा प्रधानमन्त्री ओलीकाे सम्बाेधनसहितकाे संसद बैठक सुरु भएकाे छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।