काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरू
१) संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्यो ’समाजवादी पार्टी नेपाल’, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा
२) एनसेलको लाभकर विवाद निरन्तर सुनुवाइमा, पक्षमा आदेश भए ३९ अर्ब बुझाउन नपर्ने, नत्र तत्काल तिर्नुपर्ने
३) बिचौलियाले चाबहिल मालपोत कार्यालय स्थानान्तरण गर्न दिएनन्, कमाइ घट्ने भएकाले अवरोध सिर्जना, मन्त्री नै निरीह
४) आइपिएल क्रिकेटको प्लेअफ समीकरण पूरा, लिगको शीर्ष स्थानमा मुम्बई, १४ खेलबाट १८ अंक जोड्यो
५) र, आकस्मिक अवतरणका क्रममा ७८ यात्रु बोकेको रुसी विमानमा आगो लाग्यो, ४१ जनाको मृत्यु ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।