काठमाडौं– नवगठित समाजवादी पार्टीले संविधान संसोधनलाई मूल मुद्दा बनाउने देखिएको छ। संशोधनमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका साथै प्रदेशको संख्या बढाउने माग गर्नेछ।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता आधार पत्रमा प्रदेशको संख्या १० प्लस १ बनाउन माग गरिने उल्लेख छ। संविधानसभाबाट गठित उच्चस्तरीय आयोगले १० प्लस १ प्रदेशको सङ्घीय राज्यको खाका प्रस्तुत गरेको थियो।
‘संविधान सभाद्धारा गठित उच्चस्तरीय राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १० प्लस १ प्रदेशहरुको रचना गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ,’ सहमतिको आधारपत्रमा भनिएको छ।
पार्टीले कर्मचारीतन्त्रमा समेत पुर्नगठनको माग गरेको छ। संवैधानिक निकायहरुको सवलीकरणमा जोड दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।