काठमाडौं- मानव सेवा र सामाजिक क्षेत्रमा काम गर्दै ख्याती कमाएको संस्था नेपाल रेडक्रस साेसाइटीको महाधिवेशन विवादमा परेको छ।
बैसाख २३ देखि २५ गतेसम्म सुनसरीमा हुनेगरी आह्वान गरिएको महाधिवेशन रोक्न जिल्ला प्रशासन कार्यालयले पत्र पठाएपछि विवादमा परेको हो।
साधारणसभा तथा निर्वाचन कार्यक्रम स्थगित गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, काठमाडौंको नाममा निर्देशनात्मक पत्र पठाएपछि विवादमा आएको हो।
निर्वाचन गराउन चाहेको पक्षले भने एक विज्ञप्ति जारी गर्दै सुनसरीमा आयोजना हुन गइरहेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा आएको पत्र दुःखद भएको टिप्पणी गरेको छ।
विज्ञप्तिमा नेपाल सरकारबाट प्रमाणीकरण भई प्रचलनमा आएको नेपाल रेडक्रस सोसाइटीको विधानअनुसार विधिसम्मत रूपले आयाेजना गरिएकाे महाधिवेशनमा देशभरका रेडक्रसकर्मीहरू धरानमा आइसकेको दाबी गरिएको छ। महाधिवेशनको सम्पूर्ण तयारी भइसकेर निर्वाचनको समेत तयारी अन्तिम चरणमा पुगेको अवस्थामा त्यसबारे औपचारिक जानकारी गराउन पत्रकार सम्मेलनसमेत आयोजना भइसकेको अवस्थामा आकस्मिक रूपमा सोही दिनको मितिको पत्र आउँदा देशभरका रेडक्रसकर्मीहरू मर्माहत भएको उनीहरुको जिकिर छ।
नेपालमा विगत ५६ वर्षदेखि सञ्चालित रेडक्रसकाे मानवीय सेवालाई अझ उचा
ईमा लैजान बल पुर्याउने वैधानिक महाधिवेशन हठात रोकिनु आश्चर्यजनक भएको उनीहरुको ठकर छ।
उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अध्ययन भइरहेको सन्दर्भले मात्र अन्तर्राष्ट्रिय रेडक्रस अभियानको अंगको रूपमा रहेको संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित गर्नको लागि निर्देशन जारी हुनु अन्याय भएको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।