तस्बिर- सराेज सिटाैला
काठमाडौं– काठमाडाैंकाे बालाजु क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा र जिल्ला प्रशासन कार्यालय काठमाडाैंको सहकार्यमा घरटहरा हटाइएको हो।
सडक मिचेर बनाइका टहरा हटाइएपछि विष्णुमति करिडोर सञ्चालनमा आउने भएको छ। योसँगै त्यस क्षेत्रमा हुने जाम हट्ने ट्राफिक प्रहरीले विश्वास लिएकाे छ।
टोखा नगरपालिका मेयर प्रकाश अधिकारी, ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्त, नगरपालिकाका वडाध्यक्षहरुको उपस्थितिमा घरटहरा हटाइएकाे हाे। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३ महिने विशेष अभियानका क्रममा साे क्षेत्रका सबै घरटहरा हटाउन एक साताकाे समय दिएकाे थियाे। ताेकिएकाे समयमा साे क्षेत्रका स्थानीयले घरटहरा नभत्काएपछि आज डाेजर चलाइएकाे हाे।

करीडोर खोलिँदा कालिमाटी, बालाजु, गोगंबु, सामाखुशी, नेपालटार, बानियाटार, टोखा, झोरलगायत क्षेत्रमा ट्राफिक जाम कम हुने यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।