काठमाडौं- नेपाल नागरिक उडड्यन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विमानस्थलको निर्माणमा प्राथमिकता दिएको छ।
चालू आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट, नीति र कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले निर्माणाधीन गौतमबुद्ध विमानस्थल, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र बाराको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक बजेट निर्धारण गरिएको बतए। यी विमानस्थल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन्।
यस्तै प्रधिकरणले धनगढी, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जका विमानस्थललाई स्तरोन्नति गर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न हेलिप्याड निर्माणकार्य आरम्भ गरिने जनाएको छ।
चालू वर्षका लागि कुल रु ४३ अर्ब ६६ करोड ५७ लाख आम्दानी र रु ४३ अर्ब ५९ करोड ६९ लाख खर्च गर्ने अनुमान गरेको प्रधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।