काठमाडौं– सरकारले स्नातक गरेका युवालाई देशभर परिचालन गर्ने भएको छ।
'चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश अभियान' सञ्चालन गरी स्नातक गरेका युवाहरूलाई परिचालन गर्न लागिएको हो।
आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले परिचालन हुने युवालाई 'फेलोसिप' दिइने पनि स्पष्ट पारेकाे छ।
सरकारकाे नीति तथा कार्यक्रम आज संघीय संसद भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।