• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भ्रष्टाचार र अराजकताविरुद्ध देशव्यापी साइकल यात्रा

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २०, २०७६  १५:५३
1140x725

राजविराज– खोटाङका कर्ण श्रेष्ठ देशव्यापी साइकल यात्रामा छन्। शिक्षाका नाममा व्यापार, सुशासनका नाममा भ्रष्टाचार तथा विकासका नाममा मौलाएको अराजकता र अत्याचारविरुद्ध उनको यात्रा प्रदेश २ आइपुगेको छ।

एक महिना लगाएर प्रदेश १ का १४ वटा जिल्लाको यात्रा पूरा गरेका उनी बिहीबार सप्तरी आएका थिए। २०७५ चैत ३ गते खोटाङको दिक्तेलबाट सुरु भएको प्रदेश १ स्तरीय यात्रा चैत २७ गते उदयपुरमा सकिएको थियो। उनले शुक्रबार राजविराजबाट प्रदेश २ स्तरीय यात्रा सुरु गरेका हुन्। ६ महिनाभित्र मुलुकका ७७ वटै जिल्लामा पुग्ने उनको लक्ष्य छ।

साइकल यात्राको उद्देश्य
शिक्षा, स्वास्थ्य, विकास निर्माणका क्षेत्रमा बढेको विकृति तथा गलत परिपाटीविरुद्ध सर्वसाधारणलाई जागृत गराउनु र ‘सानालाई ऐन, ठूलालाई चैन’ को अवस्था विरुद्ध आवाज उठाउन साइकल यात्रामा निस्केको उनको भनाइ छ। सरकारले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानमा आफनो साइकल यात्राले सहयोग गर्ने उनको जिकिर छ। 

‘नारा एकातर्फ छ, काम अर्कैतिर भइरहेका छन्,’ उनले भने, ‘सरकारको नारा र पारा मिलेन भन्ने सन्देश दिन र यस विषयमा जनतालाई जागृत गर्न म निस्किएको हुँ।’

भत्केका कालोपत्रे सडकले उक्सायो
गाउँमा भइरहेका विकास निर्माणका काम र कथित ठूलाबडाको अहंकारले आफूलाई साइकल यात्राका लागि उत्प्रेरित गरेको श्रेष्ठ बताउँछन्। ‘विकासका नाममा गाउँगाउँमा सडक पुगेका छन्, नपुगेका ठाउँमा प्रयास जारी छ,’ उनी भन्छन्, ‘तर, कुन स्तरको काम भइरहेको छ भन्ने विषयमा कसैलाई हेक्का छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

कालोपत्रे गरिएका सडक एक महिना नपुग्दै भत्केको देखेपछि त्यसविरुद्ध केही गर्नैपर्ने बुझेर यात्राको योजना बनाएको उनले बताए। विकासका नाममा ‘दादाभत्ता’ र कमिसनखोरी मौलाएको र त्यसविरुद्ध आवाजको सुनुवाइ नै हुन छोडेको उनको बुझाइ छ। ‘गुनासो गरेर पनि हुने केही छैन, सबै मिलेकै छन्,’ उनले भने, ‘कानुनी राज्यको कुरा त हुन्छ, तर त्यो कागजमै सीमित छ। कानुन सानालाई लाग्छ, ठूलालाई फाब्छ।’ 

‘थर्ड डिभिजन होल्डर’बाट केको अपेक्षा?
व्यावहारिक शिक्षा र त्यस अनुसारको रोजगारीको अवसर नहुँदा नेपाल पछि परेको उनको बुझाइ छ। सरकारले गाउँ–गाउँमा विद्यालय पुर्‍याए पनि गुणस्तरीय शिक्षा नदिएको उनले बताए। ‘विद्यालय भएर के गर्नु, राम्रो शिक्षाका लागि गाउँबाट सहर छिर्नैपर्छ। साना सहरका ठूला सहर र ठूला सहरका विदेश जान्छन्,’ उनी भन्छन्, ‘पढ्नका लागि बाहिरिएकाहरु गाउँमा फर्केर आउनु भनेको कल्पना भन्दा बाहिरको कुरा हो।’

Xtrem
Xtrem

राम्रा र पढेलेखेका बाहिरिएपछि नेपालमा ‘थर्ड डिभिजन एसएलसी होल्डर’को बाहुल्य बढ्दै गएको उनले बताए। मुलुकको समृद्धिका लागि शिक्षा पहिलो सर्त भएकाले सरकारी विद्यालयमा समतामुलक, व्यावहारिक, प्राविधिक र सिपमुलक शिक्षाको आवश्यकता रहेको उनले बताए। वर्तमान शिक्षा नीति र पाठ्यक्रम परिमार्जन गरी निमावि तहसम्म जीवन उपयोगी ज्ञानगुनका शिक्षा तथा मावि तहदेखि व्यावहारीक शिक्षा लागू गर्नुपर्ने उनको माग छ।

को हुन् कर्ण?
खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका ४, खाल्लेका ७७ वर्षीय कुलबहादुर र ७५ वर्षीय नरछिमी श्रेष्ठका काहिँला छोरा हुन्, ३४ वर्षीय कर्ण। उनका ३ दाजु, १ भाइ, १ दिदी, पत्नी देविका तथा ११ र ७ वर्षका दुई छोरा छन्।

फोटो स्टुडियो र किराना पसल गर्दै आएका श्रेष्ठले स्नातकसम्मको अध्ययन पूरा गरेका छन्। उनले खोटाङका सबै स्थानीय तहमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको पैदल–यात्रा गरेका छन्। सोही यात्राको उपलब्धिका रुपमा उनको ‘खोटाङको प्राकृतिक सम्पदा’ नामक पुस्तक प्रकाशन भएको छ। सोही पुस्तक बिक्रीको पैसाले आफू साइकल यात्रामा निस्केको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्