फाइल तस्बिर
काठमाडाैं- सरकारले यही बैसाखभित्र समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो सम्बोधन गर्ने तयारी गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सकेसम्म यही बैसाख महिनाभित्र समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने तयारीका साथ काम भइरहेको बताएका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाइको कामलाई पहिलो प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे। सरकारले प्रदेश फरक परेका, श्रीमान वा श्रीमती फरक–फरक ठाउँमा भएकाहरुलाई पायक पर्ने ठाउँमा समायोजनमा खटाउनेसहितको कानुनी व्यवस्था गरेको छ।
सोही कानुनी व्यवस्थाअनुसार कर्मचारीहरुको गुनासो सम्बोधनको काम भइरहेको मन्त्री पण्डितको भनाइ छ।
मन्त्री पण्डितले समायोजनमा गएका प्रशासनतर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भइरहेको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।