जनकपुर- रौतहट प्रहरीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। विषेश सूचनाका आधारमा प्रहरी टोलीले गौरस्थित बसपार्कबाट एक किलो सुनसहित शुक्रबार बिहान गौर नगरपालिका– ५ का अनुकेश कुमार साहलाई पक्राउ गरेको हो
लामो समयदेखि अवैध सुन व्यापार गर्दै आएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको हो। काठमाडौंबाट आएको रात्रि बसबाट आर्लिंदै गर्दा उनलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए।
प्रहरी नियन्त्रणमा रहेका साहमाथि थप अनुुसन्धान भइरहेको एसपी खत्रीले जानकारी दिए। उनले भने, ‘साहले काठमाडौंबाट ल्याएको उक्त सुन भारतीय बजारमा लैजाने आशंका गरिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।