दाङ– हावाहुरी र चट्याङका कारण दाङको राजपुर गाउँपालिका– १ गुरुङखोलामा रहेको श्री ज्योति आधारभूत विद्यालय सहित ६ घरमा क्षति पुगेको छ। चट्याङ र हावाहुरीबाट ७ लाख ६५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ
बिहीबार राति आएको हावाहुरी र चट्याङले सो विद्यालयका दुई वटा कोठाको जस्तापाता उडाएको र बरन्डाको देवाल भत्किएको छ। यस्तै कटबेरवा बस्ने बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाएको छ।
यसैगरी गीता सार्कीको कच्चि घर, चन्द्रकला बिसीको कच्चि घरको देवाल, बिष्णु बहादुर बुढाको घर, झुमलाल कवरको भान्सा घर, र हरिप्रसाद चौधरीको मिटर बक्समा चट्याङ परेर क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।