डडेल्धुरा– डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी–१ दह (भेटा) का अन्दाजी १८ वर्षीय तेजबहादुर ऐर रहेका छन्।
बिहीबार साँझ काँचो काठ ल्याउने क्रममा बिजुलीको तारमा छोएर उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
घटनापछि पीडित पक्षले विद्युत् प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक करिब १० घन्टा अवरुद्ध गरेका थिए।
पीडित पक्षलाई विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले क्षतीपूर्ति दिने सहमति भएको छ । अवरुद्ध सडक शुक्रबार बिहान ४ बजेदेखि सुचारु भएको छ।
सडक अवरुद्ध भएपछि तराईबाट ७ पहाड आउने र जाने सवारी साधनहरु रोकिँदा यात्रुहरु अलपत्र परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।