विदुर– नुवाकोटको विदुर नगरपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
पीपलटारबाट बट्टारतर्फ आउँदै गरेको बा ६७ प,५५७९ नम्बरको मोटरसाइकल माझीटारस्थित सडकमा आफ्नै लेनमा गुडिरहेका समयमा टायर कान्लाबाट अचानक गुडेर आउँदा टायरले मोटरसाइकललाई ठक्कर दिई सडक तल खसालेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
दुर्घटनामा परी चालक ४९ वर्षीय जयराम मगर सामान्य घाइते र पछाडि सवार ४० वर्षीया मखमली थापा मगर गम्भीर घाइते भएको बताइएको छ।
प्रहरीका अनुसार घाइते जयराजको विदुरस्थित चक्रदेव पोलिक्लिनिकमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।