काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेश समितिले एक महिनासम्म धनगढी विमानस्थलबाट हुने हवाइ उडान बन्द नगर्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष शंकर बोगटिले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी बैसाख २२ देखि जेठ २१ सम्म एक महिना उडान बन्द गर्ने सूचना निकालिएको प्रति ध्यानाकर्षण भएको बताए।
एक महिनासम्म विमानस्थल बन्द गर्दा यस क्षेत्रका बिरामी लगायत आम नागरिक र अन्य सेवामा पनि असर पर्ने भएकाले बन्द नगर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।