काठमाडौं- सूचना प्रविधिका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद थप भएको छ।
विकास तथा प्रविधि समितिले बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिको म्याद थप गर्दै दुई सदस्य थपेको छ।
एक महिनाअघि एक महिनाकै समय दिएर बनाइएको उपसमितिले समयमा प्रतिवेदन बुझाउन नसकेपछि एक महिना थपिएको हो। उपसमितिमा सांसदहरु प्रभू शाह र मीनाक्षी झा थपिएको हो।
बिनाकुमारी श्रेष्ठ संयोजक रहेको समितिमा राजेन्द्र लिङ्देन, इन्दु शर्मा, बहादुरसिंह लामा, अनिल झा, केदार सिग्देल र गौरीशंकर चौधरी थिए।
उपसमितिलाई विधेयकका सम्बन्धमा दफावार छलफल गर्न भनिएको छ।
उनीहरुले हाल भइरहेको विवाद समेत टुंग्याएर प्रतिवेदन बनाउन निर्देशन दिइएको छ।
उक्त विधेयकमा रहेको सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी नेपालमा दर्ता हुनुपर्ने विषय विवादित बनेको छ।
यो प्रावधान हटाउनुका साथै अन्य ९ विषयमाथि २८ जना सांसदले संशोधन हालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।