संखुवासभा- घरमा जडान भएको विद्युतमार्फत बल्ब बाल्ने क्रममा तथा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर संखुवासाभामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
बुधबार बेलुका साढे ७ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका-६ स्वाचीमा बत्ती बाल्ने क्रममा तथा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय २३ वर्षीय भुपाल विक, ३६ वर्षीया तारा विक, वर्ष १४ की मन्जु विक, वर्ष ६५ की भगवती विक, वर्ष ६० का कुलबहादुर विक र वर्ष ५६ का धनमान बनेम घाइते भएका थिए।
घाइतेहरु मध्ये भुपाल, तारा, मन्जु र भगवतीलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाइएकोमा उपचारको क्रममा भुपाल विकको राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
अन्य घाइतेहरुको भने साेही अस्पतालमा उपचार भइरहेको छ भने कुलबहादुर विक र धनमान बनेमको बाह्रबिसे मेडिकल हल सभापोखरीमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।