प्रतीकात्मक तस्बिर
जनकपुर– धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा तस्करहरूको समूहले प्रहरी सहायक निरीक्षकको पेस्तोल लुटेर भागेका छन्।
बिहान गस्तीमा रहेको बेला तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेर लगेका छन्।
रक्सी तस्करी गर्ने गरेका समूहले पेस्तोल लुटेको बताइएको छ। घटना सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पनि पुष्टि गरेका छन्।
घटनास्थलमा अर्का प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोको नेतृत्वमा प्रहरीको टोली परिचालन भएको कार्कीले बताए। तर, अहिलेसम्म तस्करको टोली फेला परेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।