काठमाडौं– बुधबारका मुख्य घटनाक्रमसहितका समाचारका शीर्षकहरू:
१) बालुवाटार जग्गा प्रकरणः गायब पारिएको पौडेलको जग्गा मिसिल नम्बर १०२५, भूमाफियाले ६ चरणपछि सुम्पिएका थिए नेकपा महासचिवका पुत्रलाई
२) भू–माफियाले छोडेनन् खोला पनि, मनोहराको १७ रोपनी जग्गा दाबी गर्दै गुठी संस्थानदेखि सर्वोच्चसम्म
३) एक वर्षमा १ सय ४ प्रेस स्वतन्त्रता उल्लंघनका घटना, १९ पत्रकारलाई दिइयो ज्यान मार्ने धम्की, प्रेसविरुद्ध राज्यकै संयन्त्र संलग्न
४) च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा टोटनह्याममाथि अयाक्सको अग्रता, घरेलु मैदानमा १–० गोल अन्तरले पराजित
५) र, भारतको महाराष्ट्रमा माओवादी आक्रमण, मतदान केन्द्र नजिकै बम विस्फोटन, १५ सुरक्षाकर्मी मारिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।